माननीय प्रदेश प्रमुख डा. राजेश झा “अहिराज” ले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् २०७८ साल जेष्ठ २४ गते सोमबार दिनको १:०० बजे प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गर्नु भएकोले उक्त मिति र समयमा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यहरूको उपस्थितिको लागि अनुरोध गरिन्छ ।
२०७८ जेष्ठ १८ गते
माननीय प्रदेश प्रमुख डा. राजेश झा “अहिराज” ले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल जेष्ठ १७ गते सोमबार रात्री १२:०० बजेबाट प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने घोषणा गर्नु भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
२०७८ जेष्ठ १८ गते
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समानुपातिक तर्फको रिक्त पदमा जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका १२ की मा. पशमीना कादरी मनोनित हुनुभएकोले आज मिति २०७८।१।३० गते मा. सभामुखज्यूले वहाँको सपथ ग्रहण गराउनु भएको ब्यहोरा जानकारी गराईन्छ ।