माननीय प्रदेश प्रमुख डा. राजेश झा “अहिराज” ले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् २०७८ साल जेष्ठ २४ गते सोमबार दिनको १:०० बजे प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गर्नु भएकोले उक्त मिति र समयमा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यहरूको उपस्थितिको लागि अनुरोध गरिन्छ ।
२०७८ जेष्ठ १८ गते
माननीय प्रदेश प्रमुख डा. राजेश झा “अहिराज” ले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल जेष्ठ १७ गते सोमबार रात्री १२:०० बजेबाट प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने घोषणा गर्नु भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
२०७८ जेष्ठ १८ गते