माननीय प्रदेश प्रमुख डा. राजेश झा “अहिराज” ले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम सम्बत् २०७८ साल जेष्ठ २४ गते सोमबार दिनको १:०० बजे प्रदेश सभाको छैठौं अधिवेशन आह्वान गर्नु भएकोले उक्त मिति र समयमा सम्पूर्ण माननीय प्रदेश सभा सदस्यहरूको उपस्थितिको लागि अनुरोध गरिन्छ ।
२०७८ जेष्ठ १८ गते
माननीय प्रदेश प्रमुख डा. राजेश झा “अहिराज” ले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम सम्बत् २०७८ साल जेष्ठ १७ गते सोमबार रात्री १२:०० बजेबाट प्रदेश सभाको चालु पाँचौं अधिवेशन अन्त्य हुने घोषणा गर्नु भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।
२०७८ जेष्ठ १८ गते
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) समानुपातिक तर्फको रिक्त पदमा जिल्ला पर्सा, बीरगञ्ज महानगरपालिका १२ की मा. पशमीना कादरी मनोनित हुनुभएकोले आज मिति २०७८।१।३० गते मा. सभामुखज्यूले वहाँको सपथ ग्रहण गराउनु भएको ब्यहोरा जानकारी गराईन्छ ।
मिति २०७७।११।२४ गते दिनको १ बजे अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा सामाजिक न्याय समिति द्वारा प्रदेश सभाको प्राङ्गणमा शुभकामना आदानप्रदान तथा वृक्षारोपण कार्यक्रम भएकोले यहाँको उपस्थितिको लागि अनुरोध छ।
- मा. सदस्यज्यू,
मिति २०७७।११।२४ र २५ गते विहान १० बजेदेखि प्रदेश सभा सचिवालय परिसरमा COVID-19 को भ्याक्सीनेसन कार्यक्रम रहेको छ । आफ्नो र आफ्नो निजी सचिवालयको कर्मचारीहरूको पहिचान पत्र साथमा ल्याई भ्याक्सीन लगाउनु हुन अनुरोध छ